Monday, May 24, 2010

मुक्तक

दिपक शाही
दुःख मान्दै झर्ने आँशु साँचौ कसरी
मनभरी चोट लुकाइ हाँसौ कसरी
अन्जानैमा वास माग्दै पुगेछु
उ सामु चङ्गागयो आकाशिदै ।
हर्यो धागो अव नजिक तानील्याइ गाँसौ कसरी
भन साथी संगी दुनियाँको नजरमा
निराशबनी सारा जिवन वाँचौ कसरी
चुवा पर्वत हाल कोरिया

GAJAL

कृष्णप्रसाद पोख्रेल 'गाजल'
छैन केही मसंग दिनलाइ दान पनी
प्ोहोर सालको खडेरीले गयो सवै धान पनी

जता गयो उतै उतै श’न्य लाग्छ आजभोली
नेपालको विधीतीले गयो मेरो सान पनी

आन्दोलन र हडतालले रगतखाए सोषकले
जनताको क’रा स’न्य छैन कुनै आव्हान पनी

मलाइ लाग्छ अव देशमा लडाइ गर्नै पर्यो भने
शोषक नेता छानी छानी काटन’ पर्छ कान पनी

छैन केही मसंग दिनलाइ दान पनी
प्ोहोर सालको खडेरीले गयो सवै धान पनी
चुवा पर्वत हाल युएई

Saturday, May 22, 2010

गीत

शान्तिनारायण श्रेष्ठ

खोजेकै छु हितको माया कहाँ भेटिएला
सम्झनाको तिर्खा मेरो कैले मेटिएला

कुवा पानी धमिलो छ सङलो पानी कलको
कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को
झल्को लाग्ने बानीबाट कैले चेतिएला
सम्झनाको तिर्खा मेरो कैले मेटिएला

घाँस दाउरा काट्न जान्थ्यौँ हामी वन पाखा
पाखा भरि गुिाजइन्थ्यो उनकै गीतको भाखा
त्यही भाखा कहाँ पुग्यो होला यतिबेला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला

गुप्तेश्वर गुफाभित्र जोगी बस्यो ध्यान
त्यस्तै ध्यानमा हामी बसे आउँथ्यो कि ज्ञान
ज्ञान आए स्वर्ग जाने बाटो भेटिएला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ॥

गजल

सन्तोष थापा

खोले सिस्नु खान पाए यो मन अर्कै हुन्थ्यो

ईश्वरले गरिवलाई चाए यो मन अर्कै हुन्थ्यो ॥

आपतकालिन अवस्थामा भौतारिन्छ यो मनउनले साथ दिन आए यो मन अर्कै हुन्थ्यो ॥

यो दुनिया महंगीको मारमा सँधै भरीखोले सिस्नु सँगै खाए यो मन अर्कै हुन्थ्यो ॥

पसिनाको मुल्य जस्तै हामी दुईको मायाअजम्बरी माया लाए यो मन अर्कै हुन्थ्यो ॥

झुपडीविहिन गरिब जस्तै बेसहारा जिन्दगीविरहको गीत गाए यो मन अर्कै हुन्थ्यो ॥

अपलोडर कुश्मापर्वत डटकम