Tuesday, June 8, 2010

त्यो दिनको अर्थ

मेरो पनि कति साथी थिए
कोहि मेरो Bestfriend कोहि Girlfriend
बन्ने गर्थे त्यो दिन
त्यो दिनको अर्थ तिनीहरुलाई थाहा होला
जसले मेरो यो दिन देख्न नसकी म बाट टाढा भए

म पनि कति खुशि थिए
कोहि मेरो
बोलाई म कोहि हासोमा
रम्ने गर्थे त्यो दिन
त्यो दिनको अर्थ तिनीहरुलाई थाहा होला
जसले मेरो बिबशता र आसु देख्न नसकी म बाट टाढा भए

म पनि कति सहयोगी थिए
कोहि मेरो सल्लाह त कोहि प्रतिक्रिया
लिन आउथे त्यो दिन
त्यो दिनको अर्थ तिनीहरुलाई थाहा होला
जसलाई आज मेरो कुरा पनि बकवास लागि म बाट टाढा भए

मैले पनि कति माया पाउने गर्थे
कोहि भावनाले त कोहि शरीरले
माया दिने गर्थे त्यो दिन
त्यो दिनको अर्थ तिनीहरुलाई थाहा होला
जसलाई आज मेरो साथ पनि दुर्भाग्य लागि
म बाट टाढा भए.............टाढा भए..........

Joyash

No comments:

Post a Comment